फुटबल प्रतियोगिताको उपाधि बागमति युथ क्लब सर्लाहीले उचाल्यो

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट- पश्चिम नवलपरासीको बर्दघाट १६, सूर्यनगरमा गत माघ २५ गतेदेखी जारी ५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता शुधबार सुर्यनगर खेल मैदानमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा सम्पन्न भएको पाइनल खेलको उपाधि बागमति युथ क्लब सर्लाही ११ ले हात पारेको छ । आयोजक क्लबका अध्यक्ष भिमकााजी गुरुंगको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतीक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको समापन समारोहमा बोलदै प्रमुख अतिथि मन्त्री चौधरीले प्रदेश ५ सरकारले खेलकुदलाई मध्यनजर गर्दै पहिलो बर्षमै प्रत्येक स्थानिय तहलाई ठुलो रकम विनियोजन गरि खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै प्रदेश सरकारले खेलकुदको माध्यमबाट युवा वर्गलाई स्वस्थ बनाउने उदेश्य लिएको बताउनुभयो । साथै उहाँले प्रदेश सरकारको तर्फबाट खेलकुद विकासका लागी गत बर्ष बर्दघाट नगरपालिकालाई ७५ लाख विनियोजन गरेको तर समयमा खर्च हुन नसक्दा सो रकम फ्रिज भएको बताउदै आगमी बर्षमा यस नगरमा खेलकुदका लागी स्टेडियम बनाउन प्रदेशको तर्फबाट ावश्यक रकम विनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा एन्फाका केन्द्रिय महासचिव प्रकाश पंगेनी, वडा न्म्बर १६ का वडध्यक्ष शुक बहादुर गुरुंग, क्लबका सल्लाहकार ध्रुबराज जम्मर कट्टेल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । बुधबार बागमति युथ क्लब सर्लाही ११ र नवलपरासी ११ बीच सम्पन्न भएको फाइनल खेलमा बागमति युथ क्लब सर्लाहीले नवलपरासी ११ लाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गरि प्रतियोगिताको फाइनलको उपाधि हात पार्दै नगद ५ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, प्रतियोगितामा दोस्रो भएको नवलपरासी ११ नगद ३ लाख सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरि प्रतियोगिता अवधिभरि सर्वाेकृष्ट खेलाडी, सवार्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट डिफेन्सलाई जनही ५ हजारले सम्मान गरिएको थियो । २०५८ सालमा गठित यस क्लबले विभन्न खेलकुदहरु सञ्चालन गर्दै गत २०७२ साल देखी मोफसलमै सर्वाधिक धनराशि पुरष्ष्कार रहेको सुर्यनगर गोल्ड कपको आयोजना गर्दै आइरहेको छ । क्लबका सस्थापक अध्यक्ष ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका पुर्व अध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो । सो प्रतियोगिताको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने बर्दघाटले प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया