इश्वरीय मार्ग दर्शन सच्चाई भजन प्रवचन केन्द्रको साधारण सभा सम्पन्न

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  इश्वरीय मार्ग दर्शन सच्चाई भजन प्रवचन केन्द्र बुटवल देविनगरको प्रारम्भिक साधारण सभा वुधवार बुटवलमा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दे बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष माया दर्नालले भजन प्रवचनहरुले समाज सुधारकोलागी उत्प्रेरणा जगाउनु पर्ने बताईन । कार्यक्रममा हात्तिसुढ टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठले समाजका कुरिति विसंगतीलाई हटाई सु सभ्य समाज निर्माणको लागि केन्द्रको अभियानले टेवा पुराउने विश्वास व्यक्त गरे ।

उनले सवैभन्दा ठूलो धर्म मानव सेवा नै भएकाले समुदायको विकास मानवसंग संम्वन्धीत भएकाले अभियानहरु त्यस तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी राजु रसाईली पप्पु रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । केन्द्रकी अध्यक्ष गोमा सेङ्ताङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे मानव जीवनमा रिस, राग, इस्र्या घमण्ड विकार तत्व भएको बताउदै आनन्दमय जिवनको ति तत्व त्याग्नु पर्ने बताईन । उनले लागि इश्वरीय शक्ति प्राप्त गर्न तर्फ लाग्नु पर्ने बताईन । केन्द्रले प्रत्येक हप्ताको सनिवार संगितमय प्रवचन कार्यक्रम गर्दे आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया