अध्ययन भन्छ- उमेर बढ्दै गए संगै ‘सिंगल’ बस्ने चाहाना पनि बढ्दै जान्छ

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
91 Shares


एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् । सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिलाई कसै न कसैको आवश्यकता पर्ने प्राकृतिक नियम नै हो । त्यसैले प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन ।यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा रु भन्ने सवालमा आधारित भएर गरिएको एक अनुसन्धान गरिएको छ ।कस्तो हुन्छ ‘सिंगल’ मानिसको जीवन – समय सँगसँगै मानिसको सोचमा पनि परिवर्तन हुँदै गइरहेको छ । विस्तारै हाम्रा समाजका धारणाहरु पनि विकसित हुँदै गइरहेका छन् । त्यसैले यदि कुनै व्यक्तिले जीवन एक्लै बिताउँछु भन्ने फैसला गरेको खण्डमा पनि जीवनसाथी खोज्न दवाव दिइँदैन । तर, जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ । मानिसहरु एक्लै जीवन बिताउँने मानिसहरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् । आफन्तहरु पनि उनीहरुलाई जोडी खोज्नका लागि हजार कोशिस गरिरहन्छन् तर, जब मानिसले एक्लै बस्ने संकल्प गर्छ तब उसका लागि एक्लै बस्न बानी पर्दै जान्छ ।उमेर बढेपछि ‘सिंंगल’ रहने चाहाना बढी – जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने बताएको छ ।

अनुसन्धान – एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटामा आधारित भएर यो अध्ययन गरेका थिए । यस अध्ययनका लागि ४० देखि ८५ सालका व्यक्तिहरुलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गरिएको थियो । जसमा २५५२ जना मानिसहरु सहभागी थिए । उनीहरुलाई २००८ मा पुनः २०१४ मा आधारित भएर अन्तर्वार्ता लिइएको थियो ।रोमान्टिक जोडीको सम्बन्धमा गिरावट – यो अनुसन्धानले पत्ता लगाएअनुसार सिंगल मानिसहरु उमेर बढे पनि सन्तुष्टिको अनुभव गरिरहेका थिए तर सम्बन्धमा रहेका मानिसहरु आफ्नो सम्बन्धमा मिठास नभएकोले दुखी थिए । कुनै कुनै जोडीको जीवन सुरुवाती दिनहरुमा उदाहरणीय थियो तर विस्तारै सम्बन्धमा आएको उतारचढावका कारण सम्बन्धमा तित्तता बढेको र जीवनप्रति नै निराशा छाएको पाइयो ।‘सिंगल’मा भन्दा सम्बन्धमा रहनेमा एक्लोपनको अनुभव धेरै – सम्बन्धमा रहने र एक्लै रहनेहरुले एक्लोपनको विषयमा फरक-फरक अनुभव सुनाए । अध्ययनका अनुसार जो मासिनहरु एक्लै बाँचिरहेका थिए ती व्यक्तिलाई एक्लोपनको अनुभव नहुने र उमेर बढ्दै गएपनि एक्लो अनुभव नहुने पाइयो । तर जुन मानिसहरु विवाहपछि लामो समय जोडीका साथ विताएका थिए । र, पार्टनरको मृत्यु भएपछि वा सम्बन्धमा आएको खटपटका कारण धेरै नै एक्लोपनको अनुभव गरिरहेका थिए ।के हो त कारण ? यस अध्ययनले वैज्ञानिक कारण उल्लेख नगरेपनि अध्ययनमा उपलब्ध डाटाका अनुसार सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेको पाइयो । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्री राम जनकी शिव मन्दिर ,सम्झना परिवार क्लब र नारी…
  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ