दिप प्रज्वलन गरि ने.बि संघ सिद्धार्थ क्याम्पसले मनायो प्रजातन्त्र दिवस

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुटवल – नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले ७० अौ प्रजातन्त्र दिवसको अवसरमा अाज क्याम्पस प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।गत बर्षका जस्तै यस बर्ष पनि क्याम्पस इकाईले कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाएको हो।क्याम्पस इकाई सभापती महेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा सभापती शर्माले देशमा प्रजातन्त्र अाएको ७० बर्ष पछीको कम्युनिष्ट सरकारले पुन प्रजातन्त्र माथि

अपहेलना कार्य गरिरहेकोले सरकारलाई प्रजातन्त्र समाप्त गर्न लागेकोमा दु:ख ब्यक्त गर्दै सरकार कटिबद्ध भएर सुध्रिने बाटो अपनाउन आग्रह समेत गर्नुभयो । नेविसंघ क्याम्पस इकाईले स्ववियु केन्द्रित कार्यक्रम निरन्तर गर्दै अाएको र यसलाई निरन्तर दिने सभापती शर्माले सवलपोस्टलाई बताउनुभयो । इकाई सचिब दिपक घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रजातान्त्रिक मूल्य र मान्यता बोकेका नेबि संघ इकाई संगै सिद्धार्थ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग