सिरहाको भगवानपुर गाउँपालिकामा ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम

प्रकाशित मिति:

महेश सिंह / सिरहा-  प्रदेश नम्बर २ सरकारले संचालन गरेको ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सिरहाको भगवानपुर गाउँ पालिकामा सुभारम्भ गरिएको हो ।गाउँपालिकाको आयोजनामा गरिएको छोरी शिक्षा बीमा कार्यक्रम शिविर संचालन गरिएको हो। प्रदेश २ सरकारको महत्वकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम भगवानपुर गाउँपालिकामा पनि सञ्चालन भएको हो ।

बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । मंगलबार ईनर्वा स्थित श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो । गा।पा।का अध्यक्ष श्री बेचन प्रसाद यादव उपाध्यक्ष श्रीमती सिता देवी यादवज्यू ले संयुक्त रुपमा भगवानपुर गा।पा।४ निवासी श्याम कुमार झा को छोरी पृति झा बालिकाको विमा गरी शिविरको शुभारम्भ गर्नु भयो । स्थानीय संञ्चार कर्मी रामएकबाल राम ले जानकारी दिनु भयो ।