अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ८ जनाको मृत्यु

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  जर्मनीको हानाउ शहरमा अज्ञात व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ ।गएराति छुट्टाछुट्टै भएका दुईवटा गोलीकाण्डमा कम्तीमा ८ को मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । जर्मन प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ रहेको जनाएको छ ।गएराति स्थानीय समयअनुसार करिब १० बजेतिर घटना भएको जनाइएको छ । पहिलो घटनामा तीनजना र दोस्रोमा पाँचजना मारिएको बताइएको छ ।

घटनापछि हमलाकारीहरु फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि हमलाको उद्देश्य खुलेको छैन।बिबिसीका अनुसार गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ । पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।दुवै घटनास्थललाई प्रहरीले घेरा हालेर हवाई गस्ती पनि बढाइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया