घूस मागेको अडियो बाहिर आएपछि कांग्रेसले गर्यो राजीनामा माग

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न माग गरेको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री बाँस्कोटालाई बखास्त गर्न माग गरेको हो ।सेक्युरिटी प्रेस खरिद सम्बन्धी खरिद प्रक्रियामा एक विदेशी कम्पनीका नेपाल एजेन्टसँग घूस मागेको अडियो बाहिर आएपछि कांग्रेसले मन्त्री बाँस्कोटको राजीनामा माग गरेको हो ।

अडियो प्रकरणबारे अहिलेसम्म सञ्चारमन्त्री बाँस्कोटाले मुख खोलेका छैनन् । सामाजिक सञ्जालमा पनि मन्त्री बास्कोटाको चर्को आलोचना भएको छ ।यो अडियो सार्वजनिक हुँदा कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले काठमाडौं पुगेर नै यसबारेमा बोल्ने बताएका छन् ।सरकारले पसर्पोट, लाइसेन्स, राजश्वका स्टिकरलगायत छाप्नका लागि सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको तयारी गरेको छ ।

हेर्नुहोस्, कांग्रेसको विज्ञप्ति :

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने
  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली