तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल – रुपन्देहीमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठले ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल गुरुङले चुमेका छन । उनले फाईनलमा पोखराका राजु गुरुङलाई ६–३, ६–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारे । यसैगरि मेन्स डबल्सतर्फ सन्तोष खत्री र प्रदिप खड्काको जोडीसंग उपाधि चुमेको छ । फाईनल खेलमा नबिन मगर र प्रवण खनालको जोडीलाई सन्तोष खत्री र प्रदिप खडकाको जोडीले ६–७, ७–५, १०–७ को सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सको उपाधि कमल भण्डारी र चन्द्र शाहीको जोडीले चुमेका छन । कमल भण्डारी र चन्द्र शाहीको जोडीले फाईनल खेलमा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेको छ । फाईनलमा मनोज राना र शिव सेढाईको जोडीलाई ६–३, ३–६, १०–७ को सेटमा पराजित गर्दै गोपी भट्टाराई र धर्मसिह लामिछानेको जोडी विजयी भएका हुन । शुक्रबार बाकी रहेका ३ विद्याका फाईनल खेलहरु हुने छन । मेन्स सिगलतर्फको उपाधिका लागि रितिक राना र नेपाल आर्मीका प्रणव खनालले फाईनल खेल्ने छन । बुटवलका रितिक रानाले काठमाण्डौका सन्तोष खत्रीलाई ६–२, ६–३ को सेट तथा नेपाल आर्मीका प्रणव खनालले पोखराका नबिन मगरलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । यसैगरि ३५ वर्ष प्लस उमेर समुहको उपाधीका लागि कमल भण्डारीले राजु श्रेष्ठ तथा ५५ वर्ष उमेर डबल्सको उपाधिका लागि राजु गुरुङ र बसन्त प्रधानको जोडीले मनोज राना र धु्रव गुरुङको जोडीको सामना गर्ने छन । समापन कार्यक्रम शुक्रबार बिहान ९ बजे हुने संघका सचिव गोपाल ज्ञवालीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…