नेपालबाट तिर्थयात्रामा गएको समूह भारतमा दुर्घटना,६ को मृत्यु

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
36 Shares


एजेन्सी – भारतमा बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ ।सवार बस आज बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना भएको भारतीय संचारमाध्यले जनाएका छन् । दुर्घटनामा परी घाईते भएका १८ जनाको सरकारी मोहन कुमारामँगलम मेडिकल कलेजमा उपचार भईरहेको छ ।प्रहरीका अनुसार नेपालबाट तिर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा पूजा अर्चना गरेपछि बैंगलोर गईरहेका थिए।

उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु हुनेमा ५६ बर्षिय गोपाल तामाङ्ग, ५५ बर्षिय फहतसारी चौधरी र ६० बर्षिय विण्णु दाहालको मात्रै नाम खुलेको छ । तिर्थयात्री मध्ये एक अमरनाथ चौधरीका अनुसार ३४ जनाको समूह नेपालको सुनसरी जिल्लाबाट भारत तिर्थयात्रामा गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया