विज्ञान प्रदर्शनी संगै अक्सफोर्डका विद्यार्थीहरुले मनाय खाना महोत्सव

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा / बुटवल –  बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड ईङलिस माध्यमिक विद्यालयमा बिहीबार खाना महोत्सव गरिएको छ । कक्षा ५ देखि कक्षा नौ सम्मका विद्यार्थीहरु सहभागि भएको खाना महोत्सवमा विभिन्न परिकार तयार गर्ने, सजाउने र विद्यार्थी आफैले विक्रि वितरण गरेका थिए । विद्यार्थीहरूमा पढाईका अतिरिक्त ब्यवसायिक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले खाजा महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ । खाना महोत्सवमा विद्यार्थीहरुले चाउमिन, सेल रोटी, नेवारी खाजा, अचार, पकौडा लगायतका परिकारहरू बनाएर विभिन्न स्टलहरू मार्फत् बिक्री वितरण गरेका थिए ।खाना महोत्सवमा विद्यार्थीहरुले बनाएका विज्ञान प्रदर्शनी,

फेम पेन्टिङ, रोवोर्ट लगायतका आकर्षक सामग्रीहरु समेत प्रदर्शन गरिएको थियो । खाना महोत्सवकै अवसर पारेर दैनिक खाद्यान्न बस्तु, नुन, चिनी, आलु पियाज, लगायतका विभिन्न थरिका सागसब्जी तथा श्रृंगारका सामग्री समेत विद्यार्थीहरुले विक्रि वितरण गरेको प्रिन्सिपल दिनेश भुषालले जानकारी दिनुभयो । कार्यक्रममा ५ कक्षाका विद्यार्थीहरुले हाटबजार राखेका थिए भने कक्षा ६, ७, ८ र ९ का विद्यार्थीहरुले खाना महोत्सवमा सहभागिता जनाएको भुषालले बताउनुभयो । ब्यवहारिक तथा प्रयोगात्मक शिक्षा प्रति विद्यार्थीलाई सक्रिय बनाउने उद्देश्यले गरिएको खाना महोत्सवको अवसरमा आईएसएको प्रोजेक्ट डेमोस्टेशन समेत गरिएको विद्यालयका सहप्राचार्य चिरञ्जीवि सापकोटाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने