एमसीसी संसदबाट अनुमोदन हुन्छः मन्त्री खतिवडा

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/अर्थमन्त्री डा। युवराज खतिवडाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट अनुमोदन हुने बताएका छन् ।बिहीबार अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँगको भेटमा अर्थमन्त्री खतिवडाले एमसीसी संसदबाट अनुमोदन हुने बताएका हुन् ।भेटका क्रममा उनले सो अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको स्पष्ट पारेका थिए ।

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया