शिवरात्री र शिव रहस्य

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
5K Shares


शिवरात्री, देशका विभिन्न स्थानमा अवस्थित शिवालयहरुमा दर्शनार्थीहरुको घुइचो लागेको छ। काठमाडौं पशुपति क्षेत्रमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरुको ठूलो उपस्थिति रहेको छ ।यो पावन महाशिवरात्रिको अवशरमा यहाँ भगवान शिवसंग जोडिएका केहि प्रसङ्ग उल्लेख गरिनु सान्दर्भिक हुन्छ |भगवान शिव जति रहस्यमयी छन् , उनको भेश-भुषा र उनसंग जोडिएका तथ्य पनि उत्तिकै विचित्र छ । शिव श्मशानमा निवास गर्छन , गलामा नागको माला लगाउछन् , बीष भांग धतूरो खान्छन् | यस्ता अनेकौ रोचक तथ्य उनी संग जोडिएको छ |भगवान शिवलाई परिवार का देवता मानिन्छ | तर पनि उनी श्मशानमा वास गर्छन । भगवान शिव सांसारिक भएर पनि श्मशानमा वास बस्नुको पछि जीवन ब्यबस्थापनको एक एक गूढ़ रहस्य छ । संसार मोह-मायाको प्रतीक हो जबकि श्मशान वैराग्यको । भगवान शिव भन्छन कि संसारमा रहेर आफ्नो कर्तव्य पूरा गर तर मोह-मायाबाट टाढा रहु । किनकि यो संसार त नश्वर छ । एक न एक दिन सबै नष्ट हुने वाला छ । यसैले संसारमा रहेर पनि माया मोहमा नफस, वैराग्य जीवन यापन गर |शिवलाई संहार का देवता भनिएको छ । अर्थात जब मनुष्य आफ्नो सबै मर्यादाहरुलाई तोड़न थाल्छ तब शिवले उसको संहार गरिदिन्छन्। आफ्नो पाप कर्मको फल भोग्न बाँकी भएको मानिसले प्रेतयोनि प्राप्त गर्दछ। यसैले शिवलाई भूत-प्रेतहरुको देवता पनि भनिन्छ । वास्तबमा यो भूत-प्रेत केहि होइन सूक्ष्म शरीरको प्रतीक मात्र हो ।

भगवान शिवको संदेश भनेको संसारका जति जीवहरु छन् जसलाई सबैले घृणा गर्छन् वा उनीहरु संग डराउनछन् ती सबै जीवहरुलाई शिव जी ले सामिप्यता दिन्छन् | उनीहरुले पनि आफ्नो शर्वास्व शिवमा समर्पित गरिदिन्छन् |भगवान शिव जति रहस्यमयी छन् , उनका वस्त्र र आभूषण पनि उतिनै विचित्र छन् । सांसारिक मानिस जोसंग टाढा हुन्छन् भगवान शिव उसलाई नै आफ्नो साथमा राख्छन् । भगवान शिव एकमात्र यस्तो देवता हुन् जो गलामा नाग धारण गर्दछन् । हेर्दा खेरि नाग एकदम खतरनाक प्राणी हो , तर उसले बिना कारण कसैलाई पनि डस्दैन । नाग पारिस्थितिक तंत्र को महत्वपूर्ण जीव हो । जान-अंजानमा मनुष्यलाई सहायता नै गर्दछ । कोहि मानिस डराएर वा आफ्नो स्वार्थको लागि नागलाई मारिदिन्छन् । जीवन व्यबस्थापनको दृष्टिकोणबाट हेर्नेहो भने भगवान शिव नागलाई गलामा धारण गरेर यो संदेश दिन्छन कि जीवन चक्रमा हर प्राणीको आफ्नो विशेष योगदान छ । यसैले बिना कारण कुनै पनि प्राणीलाई हत्या न गरौ ।शिवरात्री वास्तवमा संसारलाई सादा जीवन उच्च विचारमा विश्वास गर्न सन्देश प्रवाह गर्ने दिन हो ।भगवान शिवको भेष भुषा पहिरनको अर्थ सबै प्राणीलाई माया गर्ने संसार नश्वर छ र यहाँ कसैले पनि केही लिएर आएको हुदैन र केही पनि लिएर जान सक्दैन भन्ने सन्देश हो ।हाम्रो सँस्कृति हाम्रो गौरब हो यसलाई समय सान्दर्भिक बनाएर संरक्षण गरौं । भगवान शिवको आराधनाको नाममा लागुपदार्थ सेवन नगरौं ।“सत्यम् शिवम् सुन्दरम् ” को महत्व बुझौं । जय शम्भो!!

फेसबुकबाट तपाईको प्रतिक्रिया