विद्यार्थीहरु द्धारा कारागार अवलोकन

प्रकाशित मिति:

विकास चापागाँई /परासी-पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमूना मा।वि।मा कक्षा १२ मा अध्ययनरत कानून संकायका विद्यार्थीहरुले जिल्ला कारागारको अवलोकन गरेका छन् । बिहिबार विद्यालयको कक्षा–१२ कानून संकायका ३५ जना विद्यार्थीहरु जिल्ला सदरमुकाम परासीमा रहेको कारगारमा गई त्यहाँको बारेमा जानकरी लिएका विद्यालयका कानून संकायका शिक्षक प्रकाश न्यौपानले बताउनुभयो ।

विद्यार्थीहरुले कारागारमा कैदी बन्दीहरुका बारेमा निकै जिज्ञासु तरिकाले प्रश्न गरेका थिए । सोही क्रममा कार्यालयका खरिदार इश्वरी आचार्यले कारागारको बारेमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो । उहाँले कारागारमा १५० जनाको क्षमता रहेपनि ४ सय जनालाई राखिएको बताउनुभयो । सो मध्य ३ सय ३६ जना पुरुष र ६१ जना महिला रहेका छन् । आचार्यका अनुसार कारगारमा राखिएका कैदी बन्दीहरु मध्य १७ जना भारतीय मुलका नागरिक पनि छन् । जसमा १३ जना पुरुष र ४ जना महिला छन् । कारागारमा लागु औषध कारोवारीमा दोषी ठहरिएका बढी रहेका कारागार पश्चिम नवलपरासीले जनाएको छ । विद्यालयले कानून संकायका विद्यार्थीहरुलाई यसरी निरन्तर प्रयोगात्मक अभ्यास गराइरहेको अर्का कानून संकायका शिक्षक दामोदर घिमिरेले बताउनुभयो । यसअघि पनि विद्यालयले कानून विषयसँग सम्बन्धीत विभिन्न निकायहरुमा विद्यार्थीलाई अवलोकन गराइरहेको छ ।