प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : बाँस्कोटा

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
15 Shares


काठमाडौं – सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।आफूले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,

‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’उनले राजीनामा दिएको बारे प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले अनौपचारीक जानकारी आएको जनाइसकेका थिए।सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया