महाशिवरात्रिमा पशुपतिनाथकै दर्शन किन गरिन्छ ?यस्ता छन कारण 

प्रकाशित मिति:

काठमाडौँ /महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा दश लाख बढी दर्शनार्थी देश विदेशबाट आउँछन् । यस वर्षको महाशिवरात्री सोमबार परेको, सबै तिथि, करण, योग मिलेको हुनाले यो वर्ष अझ बढी श्रद्धालु भक्तजनको उपस्थित हुने अपेक्षा गरिएको छ ।

पशुपति नाथकै दर्शन किन गर्ने त रु पशुपतिनाथकै विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा। गोविन्द टण्डन भन्छन्– ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन् ।’ टण्डनको भनाइमा पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले मानिसहरु पशुपति नाथको दर्शन गर्छन् ।फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन् ।