खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


धनगढी/नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ ।आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।प्रतियोगितको आयोजनामा एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो ।सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग