दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको ज्यान गयो

प्रकाशित मिति:

एजेन्सी /दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको ज्यान गएको छ ।स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको ज्यान गएको पुष्टि भएको हो । सङ्क्रमितको ज्यान गएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् ।

उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो ।दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ ।