सिरहामा ठुलो परिमाणमा घरेलुु मदिरा  नस्ट

प्रकाशित मिति:

महेश सिंह / सिरहा- सिरहाको लहान नगरपालिका १६ तरेगना गोबिन्द्पुर मगरटोलबाट हिजो प्रहरीले ४ हजार लिटर कच्चा मदिरा प्रहरीले बरामद गरि नस्ट गरेको छ् । ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको सिभिल प्रहरीको टोलिले उक्त परिमाणको लोक रक्सी नस्ट गरेका छन । शिवरात्री पर्वको मध्य नजर गर्दै। ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरीका संयुक्त सिभिलको विशेष टोलि खटाएको थियो । शिबरात्रि पर्बमा उछ्गल कार्य न होस भनेर उक्त टोलि खटाएको हो ।

१ सय घरधुरीमा ४ हजार लिटरकच्चापदार्थ र १ हजार लिटर त्यारी मदिरा नस्ट गरेको लहानका इन्स्पेकटर सुमित कुशवाहाले बताए । उक्त मदिरा करिब१ लाख पचास हजार मुल्य बराबरको रहेको अनुमान छ । मदिरा बनाउने भाडा कुडा समेत प्रहरीले जफत गरि ल्याएको र रक्सी बनाउने मानिसहरु फरार रहेको ईलाका प्रहरी कार्यालय लहानको इन्स्पेकटर गणेश सुवास खटिवाडाले जानकारी दिनु भयो ।