७० करोड डिल गरेको अडियो मिडियामा ल्याउने पत्रकार यिनै हुन्

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अन्तत राजीनामा दिएका छन् । बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएर राजिनामा गर्न बाध्य पार्ने पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा भएको छ ।

नयाँ पत्रिकाका संवाददाताले पत्रिकामा ठाउँ नपाएपछि पदबाटै राजीनामा दिएको यस्तो सनसनी समाचारलाई हाम्रा कुरा डटकममा सिवाकोटीले प्रमुखताका साथ स्थान दिएका थिए ।सम्पादक सिवाकोटीले यस अघि पनि कृष्णबहादुर महराको समाचार प्रकाशन गरेका थिए । सभामुखबाट राजीनामा गर्न बाध्य पारेको समाचार सिवाकोटी पछि अन्य सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया