भगवान शिव प्रतिकको रहस्य

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


शिवरात्रि फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । धर्मिक विश्वास अनुसार भगवान शिव चतुर्दशीका स्वामी मानिन्छ । यो दिन चन्द्रमा सूर्यको अति नै निकट हुन्छन् । समस्त भूतहरुका अस्तित्व मेटाएर परमात्मासंग आत्मसाधना गर्ने रात हो शिवरात्रि । यो दिन जीवरुपी चन्द्रमाको परमात्मारुपी सूर्यसंग योग हुन्छ । त्यसैले शिवरात्रिका दिन मानिसहरु जागरण भएर व्रत बस्छन् । शिवको हरेक कुरा रहस्यमय र अनौठो हुन्छ । उनका समस्त क्रियाकलाप विरोधाभासका भण्डार हुन्छन् । यो वर्ष महाशिवरात्रि फागुन ९ गते साँझको ५ बजेर २० मिनेटमा शुरु भएर भोलिपल्ट फागुन १० गते शनिवारको साँझ सात बजेर २ मिनेटसम्म रहन्छ । फागुन १० गते पञ्चक प्रारम्भ हुने भएकाले ९ गतेका दिनमा नै शिवरात्रि मनाइनेछ । शिवलाई कल्याणकारी देवता मानिन्छ । सृष्टि निर्माणमा एउटै शक्तिले तीन वटा रुपहरुमा आफ्नो कार्य सम्पादन गरेको देखिन्छ । ब्रम्हाले सृष्टिको निर्माण गर्छन्, विष्णुले पालन(पोषण गर्छन् र शिवले सम्हार गर्छन् अर्थात निर्माणदेखि विनाशसम्म जगतको चक्र परम सत्ताद्वारा निरन्तर प्रकृतिमा चल्छ । वेदहरुमा प्रकृतिको उपदानहरुको उपासना गरिएको छ । हरेक उपदानलाई देवताको रुप दिइएको छ । यो प्रकृति(विज्ञानको समस्त प्रपञ्च ठुलो रहस्यमय छ, जसलाई बुझ्न सामान्यजनका लागि कठिन हुन्छ । अनादि कालदेखि ऋषिहरुले यी रहस्यहरुको चिन्तन मननद्वारा अनुसन्धान गर्ने प्रयत्न गरिएको छ ।

क्रृग्वेदको रात्रि सुक्तमा रात्रिलाई नित्य प्रलय र दिनलाई नित्य सृष्टि भनिन्छ । दिनमा हाम्रो मन र हाम्रो इन्द्रियहरु भित्रबाट बाहिर निस्केर प्रपञ्चतिर दौडन्छ र राति पुनः बाहिरबाट भित्र प्रवेश गरेर शिवतर्फ प्रवृत्त हुन्छन् । त्यसैले दिन सृष्टिको र रात प्रलयको प्रतिक हुन्छ ।

वृषभः शिवको वाहन

वृषम शिवको वाहन हो । यो सधै भगवान शिवसंगै हुन्छ । वृषभको अर्थ धर्म हो । मनुस्मृतिका अनुसार ‘वृषो हि भगवान धर्मः ।’ वेदले धर्मलाई चार पाङ्ग्रे प्राणी भनेको छ । त्यसको चार पाङ्ग्रा धर्म, अर्थ,काम र मोक्ष हुन् । महादेव यीनै चार पांग्रा भएको वृषभको सवारी गर्छन् अर्थात धर्म, अर्थ, काम र मोक्ष उनको अधिनमा छन् । वृषभको एउटा अर्को अर्थ वीर्य र शक्ति पनि हो । अथर्व वेदमा वृषभलाई पृथ्वीको धारक, पोषक, उत्पादक आदि भनिएको छ । वृषको अर्थ मेघ पनि हो । यहि धातुबाट बषर्ँ, सृष्टि आदि शब्द उत्पन्न भएको हो ।

जटाहरु

शिव अन्तरिक्षका देवता हुन् । उनको नाम व्योमकेश हो, त्यसैले आकाश उनको जटास्वरुप छ । जटाहरु वायु मण्डलको प्रतीक हो । वायु आकाशमा व्याप्त हुन्छ । सूर्य मण्डलभन्दा माथि परमेष्ठि मण्डल छ । त्यसको अर्थतत्वलाई गंगाको ंसंज्ञा दिइएको छ । त्यसैले गंगा शिवको जटामा प्रवाहित छ । शिवलाई रुद्रस्वरुप उग्र र संहारक रुप धारक पनि मानिन्छ ।

गंगा र चन्द्रमा

यो उग्रताको निवास मस्तिष्कमा छ, त्यसैले शान्तिको प्रतीक गंगा र अर्द्धचन्द्र शिवको शिरमा विराजमान भएर उनको उग्रवृत्तिलार्य शान्त र शितल राख्दछ । अर्कोतिर विषपानका कारण उनी जुन नीलकण्ठ भएका छन्, त्यसको जलनलाई शान्ति पनि गंगा र चन्द्रमाबाट प्राप्त हुन्छ ।

चन्द्रमा मनका प्रतीक हुन् । शिव मनका सोझा, निर्मल, पवित्र तथा सशक्त छन् । उनको विवेक सधैं जागृत रहन्छ । उनको मस्तिष्कमा कहिले पनि अविवेकपूर्ण विचार आउँदैन । शिवको चन्द्रमा स्वच्छ तथा उज्वल छ । त्यसमा मलीनता छैन । उनी अमृतको वर्षा गराउँछन् । चन्द्रमाको एउटा नाम सोम पनि हो, जो शान्तिका प्रतीक हुन् । त्यसैले सोमबारलाई शिवपूजन, दर्शक तथा उपासनाको दिन मानिन्छ ।

तीन वटा आँखा

शिवलाई त्रिलोचन भनिन्छ अर्थात उनका तीन वटा आँखा छन् । वेदका अनुसार सूर्य र चन्द्र विराट पुरुषका नेत्र हुन् । अग्नि शिवको तेस्रो नेत्र हो, जुन यज्ञाग्निका प्रतीक हुन् । सूर्य बुद्धिका अधिदेवता हुन् र यो ज्ञान नेत्र अथवा अग्निबाट नै उनले कामदेवलाई भस्म गरिदिएका थिए । शिवका यी तीन नेत्र सत्व, रज, तम(तीनै गुणहरु, भूत, भविष्य, वर्तमान(तीनै काल तथा स्वर्ग, मृत्य, पाताल(तीनै लोकका प्रतीक हुन् । त्यसकारण शिवलाई त्रयंबक पनि भनिन्छ ।

सर्पहरुको हार

भगवान शंकरको गला तथा शरीरमा सर्पहरुको हार छ । सर्प तमोगुणी छ र संहारक वृत्तिको जीव हो । यदि यसले मनुष्यलाई डस्यो भने उसको प्राण जान्छ । शिवले तमोगुणलाई आफ्नो वशमा राखेका छन् । सर्प जस्तो क्रूर तथा हिंसक जीव महाकालको अधिनमा छ ।

त्रिशूल

शिवको हातमा एउटा शस्त्र छ, जसलाई त्रिशूल भनिन्छ । सृष्टिमा मानवमात्र आधिभौतिक, आधिदैविक तथा आध्यात्मिक यी तीन तापहरुबाट त्रस्त रहन्छ । शिवको त्रिशूलले ती तापहरुलाई नष्ट गरिदिन्छ । शिवको शरणमा गएर नै भक्त ती दुःखहरुबाट छुटकारा पाएर आनन्दको प्रँप्ती गर्न सक्छन् । शिवको त्रिशूल इच्छा, ज्ञान तथा क्रियाको सूचक हो ।

डमरु

शिवको बायाँ हातमा डमरु छ । ताण्डव नृत्यको समयमा उनी त्यसलाई बजाउँछन् । पुरुष तथा प्रकृतिको मिलनको नाम नै ताण्डव नृत्य हो । त्यो समय अणु(अणुमा क्रियाशिलता जागृत हुन्छ र सृष्टिको निर्माण हुन्छ । अणुहरुको मिलन तथा संघर्षबाट शब्दको जन्म हुन्छ । शास्त्रहरुमा शब्दलाई ब्रम्हा भनिएको छ । डमरुको शब्द अथवा नाद नै ब्रम्हा रुप हो । त्यही ओमकारको व्यंजक हो ।

मुण्डमाला

शिवको गलामा मुण्डमालाबाट के भाव व्यक्त हुन्छ भने उनले मृत्युलाई गलामा लगाइरहेका छन् तथा उनी त्यसबाट भयभीत छैनन् । शिवको श्मशानवासको प्रतीक के हो भने जो जन्मन्छ, एक दिन अवश्य मर्नेछ । त्यसैले जीवित अवस्थामा शरीर(नाशका बोध हुनै पर्छ । प्रलयकालमा सारा ब्रम्हाण्ड श्मशान हुन्छ । हामी मृत शरीरहरुलाई जुन श्मनामा लैजान्छौं, त्यो प्रलयको संक्षिप्त रुप हो । त्यसबीच अल्प उपस्थिति तथा त्यसको दर्शनले क्षणिक वैराग्य उत्पन्न भएरै छाड्छ ।

हस्ति चर्म तथा व्याघ्र चर्म

शिवको शरीरमा हस्ति चर्म तथा व्याघ्र्र चर्मलाई धारण गर्ने कल्पना गरिएको छ । हाती अभिमानको तथा व्याघ्र हिंसाको प्रतीक हो । त्यसकारण शिवजीले अहंकार तथा हिंसा दुबेलाई दबाएर राखे ।

भस्म

शिवले आफ्नो शरीरमा भस्म धारण गर्छन् । भारतको उज्जैनको महाकाल मन्दिरमा नित्य प्रात भस्म आरती हुन्छ, जसमा श्मशानका मुर्दाको भस्मबाट शिवको पूजा(अर्चना गरिन्छ । लिंगमा भस्मको लेप लगाइन्छ । भस्मले जगतको निस्सारतालाई बोध गराउँछ । प्रलयकालमा सम्पूर्ण जगतको विनास हुन्छ, केवल भस्म ९खरानी० मात्र बाँकी रहन्छ । यही दशा शरीरको पनि हुन्छ । भस्मले नश्वरताको स्मरण गराउँछ । वेदमा रुद्रलाई अग्निको प्रतीक मानिएको छ । अग्निको कार्य भस्म गराउनु नै हो । त्यसकारण भस्मलाई शिवको श्रृंगार मानिन्छ ।

रुद्र

शिवलाई रुद्र स्वरुप पनि भनिन्छ । पुराणहरु अनुसार रुद्र ११ छन्, जो तारा मण्डलमा स्थित छन् । वैदिक वाक्य ‘अग्निर्वेरुद्रस’ को अभिप्राय के हो भने अग्नि नै रुद्र हुन् । साहित्यमा रुद्रबाट रौद्र रसको कल्पना गरिएको छ, जसको अर्ध क्रोध हुन्छ । साहित्यमा रुद्रबाट रौद्र रसको कल्पना गरिएको छ, जसको अर्थ क्रोध हुन्छ ।

प्रकृति(विज्ञानका अनुसार अन्तरिक्षमा अभिव्यक्त विश्वव्यापी रुद्र देवता स्वानुकूल जुन(जुन विशेष शक्तिहरुद्वारा जुन(जुन कार्यहरुको सञ्चालन गर्छ, तीनै शक्तिहरुको उपासना वेदहरुमा बताइएको छ । त्यसैले वेदहरुमा प्रकृतिको उपदानहरु माथि स्तुतिहरु गरिएको छ । व्यवहार मार्गबाट यीनलाई जनसाधारणलाई सरलताले सम्झानका लागि मूर्तिशिल्पको साहरा लिइएको थियो तथा देवताहरुको मुख, हात, खुट्टा, रंग, अवस्था, वाहन, आयू तथा आभूषण आदिलाई धारण गर्नुको पछाडि कुन चाहिं संकेत अथवा रहस्य लुकेको छ, त्यसलाई सम्झाइएको छ ।

१० आयुध

मूर्तिहरुको निमर्ँण निदान शास्त्रका आधारमा गरिएको छ । निदानका अर्थ संकेत हो । आदिपुरुष ब्रम्हास्वरुप शिव नै ब्रम्हाण्डमा अग्नितत्व अथवा रुद्र तत्वबाट व्याप्त छ । एकै अग्नितत्व, अग्नि, वायु तथा सूर्य यी तीनै रुपहरुमा परिणत भैरहेका छन् । त्यसमध्ये एउटा मात्र सूर्यात्मक रुद्र ५ दिशाहरुमा व्याप्त भएर पञ्चमुख बन्न पुग्छन् ।

त्यही एकको पाँचै मुख पूर्वा, पश्चिमा, उत्तरा, दक्षिणा तथा ऊध्र्वा दिक्भेदले क्रमशः तत्पुरुष, सद्योजात, वामदेव, अघोर एवं ईशान नामले चिन्ने गरिन्छ । यी पञ्चवक्त्र शिवका प्रतिवक्त्रं भुजदमयु सिद्धान्तबाट १० हात छन् । त्यसमा अभय, टंक, शूल, वज्र, पाश, खड्ग, अंकुश, घंटा, नाद तथा अग्नि, यी १० आयुध छन् । पुराणहरुमा यीनको उद्देश्य तथा कार्यहरुको विस्तारपूर्वक वर्णन गरिएको छ ।

५ मुख १० हात

संक्षेपमा महादेवका ५ मुख पञ्च महाभूतहरुको सूचक हो । १० हात १० दिशाहरुका सूचक हुन् । हातमा विद्यमान अस्त्र(शस्त्र जगतरक्षक शक्तिहरुका सूचक हुन् ।

अधिकांश विद्वानहरु के मान्दछन् भने सृष्टि, स्थिति, लय, अनुग्रह तथा निग्रह यी ५ कार्यहरुकी निर्मात्री ५ शक्तिहरुको संकेत शिवका ५ मुख हुन् । पूर्व मुख सृष्टि, दक्षिण मुख स्थिति, पश्चिम मुख प्रलय, उत्तर मुख अनुग्रह कृपा तथा ऊध्र्व मुख निग्रह ज्ञान को सूचक मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु