महाशिवरात्रिको अवसरमा सभापति शाहद्वारा शुभकामना व्यक्त

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सभापति भरत कुमार शाहले शुभकामना सन्देश जारी गरेर हिन्दु धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिएका हुन् ।उनले सम्पूर्ण हिन्दु धर्मावलम्वी दाजु–भाई तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, संमृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो’, उनले भने, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।’‘हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरू हुन्’, उनले भने, ‘यी

चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन् ।’‘नेपाली जनताको दशकौं देखिको त्याग र वलिदान स्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिनेछ’, सभापति शाह ले भनेका छन् ।‘आजको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन