बाँस्कोटाले शिवरात्रिको शुभकामना दिँदा पनि ७० करोडको प्रश्न !

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाका लागि ठेकेदारसँग कमिसन मागेको प्रकरणमा राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत बाँस्कोटाले शिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।बाँस्कोटाले ट्वीटरमा लेखेका छन्– ‘प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

’बाँस्कोटाले शिवरात्रिको अवसरमा जारी गरेको सन्देशमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने उनी मुछिएको कमिसन (भ्रष्टाचार काण्ड)बारे प्रश्नहरु तेस्र्याएका छन् ।उनको ट्वीटमा रिप्लाइ गर्ने अधिकांश प्रयोगकर्ताहरुले कमिसन काण्डबारे व्यंग गरेका छन् ।सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का सम्झौता गर्न स्वीस कम्पनीका नेपाली एजेन्टसँग कमिसनको डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी