बुटवल उबासंघ रुपन्देहीको स्थापना दिवसको अवसरमा संघले गर्यो रक्तदान कार्यक्रम

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
39 Shares


बुटवल/ बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर रक्तरञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा शुक्रबार संघको सचिवालय बालमन्दिर परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठ र नारायण खनालले रगत संकलन गर्ने ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बुटवल उद्योग बाणिज्य संघको २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवसको अवसरमा बस्तुगत समितिहरुद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरु गरि ६८ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नारायण खनालले जानकारी गराउनु भयो ।संघको स्थापना दिवसको अवसरमा भोली शनिबार साँझ संघको सचिवालय परिसरमा दीपावली कार्यक्रम गरिने छ । तीनदिन बिशेष कार्यक्रम गरि मनाउने तयारी गरेको संघको स्थापना दिवसकै अवसरमा आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको स्थापना दिवस बिशेष कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रौतहट यूवा पिढि द्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले गरे…
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…