गंगा प्राथमिक विद्यालयको भेला सम्पन्न 

प्रकाशित मिति:

कौरव खत्री/गुल्मीगुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर स्थित गंगा प्राथमिक विद्यालयको भेला विहिवार सम्पन्न भएको छ ।भेलामा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्षमण खत्रीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबै सरोकारवाला लाग्नु पर्नेमा जोड दिए ।सोही अवसरमा मुसिकोट नगरपालिकाका श्रोतव्यक्ति चुरा बहादुर छन्त्यालले विद्यालय थुप्रै रचनात्मक कार्यको थालनी गदै आएको र मुसिकोट नगरपालिकाको प्रावि स्तरमध्येमा राम्रो र अब्वल विद्यालय रहेको बताए ।

सोही अवसरमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली,गंगा प्राविका विद्यालयका पूर्व प्रधानाध्यापक जनक बहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए । भेलाले जनक बहादुर खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ । समितिको सदस्यहरुमा झवि राना, फति सारु,माया खराल,रविलाल कुमाल,यम बहादुर खत्री लगायतका सदस्यहरु रहेका छन् ।भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्री रहेका छन् ।त्यस्तै भेलाले खिम बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरिएको छ ।भेलामा समाजसेवी तथा चन्दादाता, अभिभावक, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्रीको अध्यक्षता मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्षमण खत्रीको प्रमुख आतिथ्यता तथा विद्यालयकी शिक्षिका पार्वती खरालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले गरेका थिए ।