कवि विद्रोहीलाई रिहाइ गर्न माग

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Print

फागुन /अखिल नेपाल लेखक सङ्घले आफ्नो केन्द्रीय सदस्य एवं कवि विपी विद्रोहीलाई सरकारले विहीबार राजधानीबाट विनापुर्जी र विनाकारण कायरतापूर्ण पक्राउ गरेको प्रति आपत्ति जनाएको छ । सङ्घका महासचिव खोमा तरामु मगरद्धारा जारी विज्ञप्तीमा श्रमजीवी जनताको पक्षमा कलम चलाउदै आएका कलमजीवी विद्रोहीलाई गरिएको गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको बताइएको छ । विज्ञप्तीमा कवि विद्रोहीलाई शीघ्र रिहाइ गर्न माग गरिएको छ । विज्ञप्तीमा समाजवादी यथार्थवादका पक्षधर लेखक तथा संस्कृतिकर्मीहरुलाई निर्वाध सिर्जना क्षेत्रमा क्रियाशील हुने वातारण सिर्जना गर्न अपील समेत गरेको छ ।

यस्तो विज्ञप्ती–
कायरतापूर्ण गिरफ्तारीको भत्सर्ना
अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवं कवि विपी विद्रोहीलाई सरकारले बिनापुर्जी र बिनाकारण कायरतापूर्ण गिरफ्तार गरेको छ । श्रमजीवी जनताको पक्षमा कलम चलाउदै आएका कलमजीवी विद्रोहीलाई गरिएको गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको छ । उहाँको गिरफ्तारीप्रति घोर आपत्ति तथा खेद व्यक्त गर्दै शीघ्र रिहाइको माग गर्दछौं । समाजवादी यथार्थवादका पक्षधर लेखक, कवि, नाटककार एवं संस्कृतिको क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई निर्वाध रूपले आ–आफ्नो सिर्जनात्मक कार्यक्षेत्रमा निरन्तर क्रियाशील हुने वातावरण निर्माणका लागि सबैमा हार्दिक अपिल गर्दछौं ।
२०७६ फागुन ९ ।
………………..
खोमा तरामु मगर
(महासचिव)

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन
  • प्रदेश ५ : विभिन्न घटनामा एकैदिन ७ जनाको शव फेला
  • पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु
  • बाढी प्रभावीत क्षेत्रमा नेपाली कांग्रेसका नेताहरु द्धारा अवलोकन