देशको लागि ओली नेतृत्व सरकार अभिशाप भएको छ : विप्लव

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं  –  प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख छ।

‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

विप्लव यो प्रकरणमा ओलीकै संलग्नता रहेको आशंका गरेका छन्। ठूलो आकारको जहाजकाण्ड आदीमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…