भ्रष्टाचारको चपेटामा न्याय

अड्डा अदालतले दिन सकेनन
न्याय र फैसला
स्वेच्छाचारी भइ समाधान गर्छ्न
मुद्दा र मामिला
लावारिस भएका छ्न कतै
संविधान र ऐन
नाबालिग बलत्कार हुन्छिन
हिंड्दा हिड्दै किन
किन रुन्छेस ए न्याउली बिरहमा
हासी बिता जीवन
तेरो पुकार सुनी पग्लिदैनन
नरपिचासहरुको मन
न्याय पाउन भनी राखिन
घर खेत सबै बन्धकी
हदम्याद नाघ्दा पनि भएन फैसला
खै के होला बिचारिको जिन्दगी
कबुलियतनामा गरि छुट्छ्न यहाँ
अभियुक्त र मतियार
हे आमा दिन आउदैनन गरिबका
भो लामो प्रतीक्षा नगर
हिनामिना गरिदिन्छ्न यहाँ सबै
प्रमाण र कागजातहरु
ब्रम्हम निसाफको त कुरै छोड
अमान्य गरिदिन्छ्न नजिरहरु
बहस चल्दछ्न पैसाका भरमा
भन्दै धारा र उपधारा
आखिर कहिलेसम्म भर पर्छ्न
ती अबोध र अनबीज्ञ बिचरा
(एलिजा बुढाथोकी ,कानुन अध्ययनरत विद्यार्थी )
फेसबुकबाट तपाईको प्रतिक्रिया