खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक लाई

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
11 Shares


बुटवल/बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन । मेन्स सिगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता खनाल नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए । वोमन्स सिगलतर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफका सलोनी तामाङले हात पारेकी छिन । सलोनीले विहिबार भएको फाईनल खेलमा काठमाण्डौकी प्रकृति श्रेष्ठले ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । उपाधिसंगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

उपविजेता श्रेष्ठ नगद २५ हजार, कप, मेडलमा चित्त बुझाए । प्रतियोगितामा भगवती  बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए ।यसैगरि ३५ प्लसको उपाधि कमल भण्डारीले जितेको छ । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमका हुन । ४५ प्लसतर्फको खेलमा चन्द्र शाहीले उपाधि जितेका छन । चन्द्रले बिमल गुरुङलाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । एक समारोहका बिच विजेता, उपविजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राना, संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीले पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरेका थिए । पुरुष त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथी उमेर समुहको उपाधि विजेताहरुले समान नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने