शिवरात्रीको अवसरमा शिव मन्दिरको उद्घाटन

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
4K Shares


बुटवल  –  शिवरात्रीको अवसरमा तिलोत्तमा नगरपालिका ११ भूपुसैनिकमा पुन निर्माण गरिएको शिव मन्दिरको उद्घाटन गरिएको छ । रोहीणी नदीको छेउमा वि सं २०६८मा शिव मन्दिर निर्माण गरिएको थियो । समाजसेवी भिमसेन श्रेष्ठको अगुवाईमा टिनको छानो भएको मन्दिरको करिव १६ लाख रुपैया खर्च गरेर पुन निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रम विच समाजसेवी कृष्ण बहादुर श्रेष्ठ उद्घाटन गरेको पुजारी पुरुषोत्तम वस्यालले जानकारी दिए ।समाजसेवी भिमसेन श्रेष्ठले उद्घाटन कार्यक्रममा नदी कटानवाट मन्दिर जोखिमा

पर्ने भएकाले तटवन्धको व्यवस्था गरिदिन नगरपालिकालाई आग्रह गरेका छन ।मन्दिरमा दैनिक पुजा आजा हुन्छ र श्रावण महिनाभरी र शिवरात्रीको दिन यो मन्दिरमा विशेष पुजा हुन्छ । अध्यक्ष तोलाकान्त अधिकारीले दाताहरुको सहयोगमा मन्दिर निर्माण गरिएको जानकारी दिए। समाजसेवी श्रेष्ठले मन्दिर निर्माणको लागि १लाख २५ हजार रुपैया प्रदान गरेका छन । त्यसैगरी महेन्द्रध्वज विस्टले १ लाख १ हजार १ सय ५५ रुपैया, जनक कोईराला परिवारले ५० हजार रुपैया, तेजवहादुर कुंवरले लगायत मन्दिर निर्माणमा सहयोग गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया