चट्याङ लागेर दुई जना घाइते

प्रकाशित मिति:

दैलेख/ दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घाइते भएकी हुन् । घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।चट्याङको झिल्कोले उनको बायाँ हातमा थोरै चोट लागेको छ । चट्याङ लागेर घाइते भएकी सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डएसपी हरिबहादुर वलीले बताए ।

यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते हुभएकी छिन । उनलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ।