राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् ।महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन् ।आजै राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी थिइन ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् ।नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने