रुपन्देहीमा जन्ती बस दुर्घटना, ७ जना घाइते

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
73 Shares


रुपन्देहीमा शुक्रबार साँझ जन्ती बस दुर्घटना भएको छ । र्दुघटनामा ७ जना घाइते भएका छन् । सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानीतर्फ जन्ती लिएर फर्किदै गर्दा भैरहवा लुम्बिनी सडक खण्डको रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो ।लु १ ख ८८०६ नम्बरको माइक्रोबस ओभर स्पीडका कारण सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

करीब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको हो, बसका चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा लागेको छ । दुर्घटनामा परेका अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न