४६ प्याकेट ब्राउन सुगर सहित एक जना पक्राउ

प्रकाशित मिति:

सिरहा/ सिरहाको नरहा गाउँपालिका  ५ बाट ४६ प्याकेट ब्राउन सुगर सहित एक युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।समातिनेमा सिरहा नरहा गाउँपालिका ५ घर भएका २० वर्षीय इन्द्रजीत यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाको मातहात अन्तरर्गत रहेको इलाका प्रहरी कार्यालय नरहा हनुमान चोकबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाच गर्ने क्रममा यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख चतुर्वेदीका अनुसार पक्राउ परेका यादवका साथबाट ४६ प्याकेटमा तयार पारिएको २ दशमलव ३० ९२।३०० मिलि ग्राम ब्राउन सुगर लागुऔषध बरामद भएको छ ।