१०अमरद्धिपटोलमा शिवालय मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० मा अवस्थित पंच्चदेवी दुर्गादेवि मन्दिर संरक्षण समिति अमरद्धिपटोलमा शिवालय मन्दिरको शिलान्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पंच्चदेवि दुर्गामन्दिर संरक्षण समितिका अध्यक्ष यादव प्रसाद खनालको अध्यक्षता तथा रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बस्यालले सो मन्दिर शिलान्यास गर्नुभएको छ । सो अवसरमा विशिस्ट अतिथिको रुपमा बर्दघाट वडा नं १० का वडा अध्यक्ष राजु मिश्र रहनुभएको थियो भने अतिथिहरु बर्दघाट १० का बडा सदस्य रुद्र वहादुर कार्की (शिव), सिता सुनार,

अमरद्धिप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव लालवहादुर कुवंर, अमरदीप सिमसार क्षेत्र सरक्षण समितिका अध्यक्ष कुलद्धिप श्रेष्ठ, प्रगति महिला समुहका अध्यक्ष लक्ष्मी अर्याल, अमरद्धिप आमा समुहका उपाध्यक्ष नारायणी खनाल, स्टार बाल क्लवका अध्यक्ष विनय तिमिल्सिना लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा सस्थाका आजिवन सदस्यहरु नेत्रप्रसाद अधिकारी, खुमिसरा रानामगर, उदित बहादुर थारु, जमुना अधिकारी, तेतरी थारु, विण्णु प्रसाद पौडेल, डम्मर प्रसाद घिमिरे, जमुनादेवी भट्टराई, खगीसरा भट्टराई लगाएत जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । समितिका उपाध्यक्ष विष्नुमाया सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन मन्दिर सरक्षण समितिका आजिवन सदस्य प्रेम अधिकारीले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या