प्रधानमन्त्री ओलीले गरे कालु पाँडेको शालिकमा माल्यार्पण

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् ।चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाको कामलाई प्रेरणाका रुपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने धारणा राखे ।दहचोक पुगेर ओलीले काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरेका छन् । उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे ।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए । विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।आफू पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने आश्वासन दिए । हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने दावी गरे ।प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु