पूर्वराजा शाह दम्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पूजाअर्चना

प्रकाशित मिति:

काठमाडौं/ भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन् ।पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा। रुपसिंह सिंहले स्वागत गरेको थिए । सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ ।पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोहन बहादुर शाहीसहित भारत भ्रमणमा छन्।

शाह दम्पत्ति अमृतसरबाट शनिबार दिल्ली जानेछन् ।गत आइतबार आइतबार अपराह्न पूर्वराजा दिल्ली प्रस्थान गरेका थिए । दुई साता भारतको भ्रमणका क्रममा पूर्वराजा शाहले राजनीतिक नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।