चलचित्र फेक फ्रेन्ड अमेरिकामा पहिलो विशेष शो गरी अल नेपाल रिलिज हुने

प्रकाशित मिति:

इमरान खान /काठमाडौ –निर्देशक एवं निर्माता भिम लामाको आफ्नै फिल्म कम्पनी बुद्ध ईन्टरनेशनल फिल्मस प्रा।लि। ले नयाँ नेपाली र मैथिली दुबै भाषामा निर्माण गरेको छैठौं फिल्म रिलिज हुने तयारीमा छ । लामो समय देखि चलचित्र क्षेत्रमा लागेर दर्जनौ चलचित्र निर्माण गरेका चलचित्र निर्माता तथा निर्देशक भिम लामाको फेक फ्रेण्ड देश भर एकै साथ रिलिज हुन लागेको हो ।

फेक फ्रेन्ड को कथामा आधारीत भिम लामा र अशोक चेम्जोङले तयार पारेको नेपाली चलचित्रमा पछिल्लो समय सामाजिक संजालमा फेक आईडी बनाउने, फेक फ्रेण्ड बनाउने र अर्कालाई दुख दिने नाटकिय कथामा आधारीत चलचित्रमा कलाकारहरू सानिया खान, नरेन्द्र स्याङ्तान, अनिता गिरि , दिनेश कोइराला , राजकुमार डिसि, सन्तोष लामा, राजेन्द्र श्रेष्ठ , सङ्कल्प लामिछाने , बबिता न्योङ्हाङ, भिम ढुङेल, सुश्रीया तामाङ, भबिसा क्षेत्री ,सन्तोस साबतिया , प्रदीप सर्मा , झोटन मेहता, एस एन मेहता, सजिना लामा,देब आर एन, सुमन कट्टेल, दुर्गा सापकोटा , मनिता तामाङ , सुरज क्षेत्री र निर्माता निर्देशक भिम लामा आफै लगायत धेरै कलाकारहरूले अभिनय गरेका छन । यो चलचित्र अमेरिका मा पहिलो विशेष शो गरेपछि नेपाल अधिराज्य भरी एकै साथ रिलिज छिट्टै गरिने छ ।

निर्माता निर्देशक भिम लामा लाई विशाल तामाङ, कृष तामाङ, धनु सुब्बा र सुरेश रानाले निर्माणमा सहयोग गरेका छन । सह—निर्मातामा सन्तोष लामा, सङ्कल्प लामिछाने , भिम ढुङेल , मुस्कान काप्री र राजकुमार सिटौला रहेका छन । उक्त चलचित्रमा भिम लामा र अशोक चेम्जोङ को कथा, सरोज केशी को स्कृप्ट, दिप्सन लिम्बू, असोक चेम्जोङ, झोटन मेहता र डिपलब कुलुङ को शब्द सङीतमा राजेश पायल राई, दिवस पोख्रेल ,दिपा लामा, दिप्सन लिम्बू, रमिला ग्याङमि मगर, अस्मिता लिम्बू , सरोज मुखिया, पबित्रा गुरुङले स्वर दिएका छन । नबिन तामाङ को फाइट, दिनेश कोइराला र अभि राई को कोरियोग्राफी लाई प्रकाश सुब्बाले आफनो कैमरामा खिचेका छन । उक्त फेक फ्रेन्ड चलचित्र मैथिली र नेपाली भाषा मा निर्माण भएको चलचित्र लाई प्रदेश नम्बर १, २, ३ का १ दर्जन भन्दा बढी र नेपालमा सघियता चाहिन्छ भन्ने माटो चलचित्र निमार्ण गर्ने पहिलो निर्माता अनि पुर्बका चर्चित, पुराना तथा राम्रो निर्माता निर्देशक भिम लामा ले निर्देशन गरेका हुन । हेर्नुहोस उक्त चलचित्रको गित