किराँतेश्वर मन्दिर गुल्मीमा महाशिवरात्रि विशेष झाकि सम्पन्न

प्रकाशित मिति:

झविन्द्र भण्डारी, गुल्मी ।
किरातेश्वर महादेव शिवालय मन्दिर धुर्काेट गाउँपालिका वडा नं. ५ वस्तु गुल्मिमा विशेष झाकि सहित बृहत् भजन कृतन तथा शिवरात्रि पूजा सम्पन्न भएकाे छ ।
कला संस्कृतिकाे संरक्षण गराै पुराना रिति रिवाज तथा भजन कृतनकाे अवलम्बन गराै र किराँतेश्वर मन्दिरलाई धार्मिक क्षेत्रका रूपमा देश भर चिनाउ भन्ने उद्धेश्यका साथ यस मन्दिरमा महाशिवरात्रि विशेष झाकि सहित बृहत् भजन कृतन तथा पुजाअाजा कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे हाे ।
महाशिवरात्रि विशेष भजन कृतन कार्यक्रममा स्थानिय कलाकारहरूकाे प्रस्तुतिमा विभिन्न देवि देवताका झाकिहरू प्रस्तुत गरिएको थियाे । वास्तविक जस्तै देखिने गणेश, कुमार, राधा कृष्ण, शिव, पार्वती, हनुमान जस्ता विभिन्न देवि देवि देवताका अलाैकिक झाकि हेर्न विभिन्न ठाउँहरूवाट भक्तजनहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा धुर्काेट परमानन्द भण्डारी बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख माेतिलाल शर्मा भण्डारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुमलाल भण्डारी, समाजसेवी ढुण्डिराज भण्डारी, भजन मण्डलिका अध्यक्ष यमलाल घिमिरे लगायत विभिन्न क्षेत्रका सामाजिक तथा वाैद्धिक व्यक्तित्वहरू तथा पत्रकारहरूकाे समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

थप समाचार