नेकपा अध्यक्षलाई एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी)को अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएको छ।शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो।‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएका छौँ’, कार्यदलका एक सदस्य भीम रावलले भने।

प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसीसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्ने जानकारी दिए।उनले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए।पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…
  • गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको सप्ताहव्यापी भर्चुअल अन्तरसम्बाद कार्यक्रम सम्पन्न
  • सारथी नेपाल लघुवित्तले एफपीओ निश्कासन गर्ने
  • बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट
  • दूधमा एक चम्चा बेसार हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा