नेपाल मगर संघद्वारा ३८औं मगर दिवस मनाउने तयारी

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
36 Shares


नेपाल मगर संघ बुटवल रुपन्देहीले ३८ औं मगर दिवस मनाउने भएको छ । मगर संघले विभिन्न कार्यक्रमको आयोजना गरी मगर दिवस मनाउन लागेको हो । मगर संघ बुटवलले शुक्रबार पत्रकार सम्मेलन गरी यही फागुन १५ गते मगर दिवस मनाउने तयारी गरिएको जानकारी गराएको छ । मगर समुदायको संस्कार र संस्कृतिलाई जर्गेनका लागि सबै मगरहरुलाई एकीकृत गर्नेगरी मगर दिवस मनाउन लागिएको मगर संघ बुटवलका अध्यक्ष थर्कबहादुर बारघरे मगरले बताउनुभयो । मगर दिवसको अवसरमा शुक्रबार नै बुटवलमा मगरहरुको आर्थिक र शिक्षाको अवस्थाबारे अन्तरक्रिया गरिएको छ ।

अध्यक्ष थर्कबहादुरका अनुसार भोली ९ गते रक्तदान, ११ गते भोजनदान र १५ गते मूल समारोहको आयोजना गरी एकीकृत ३८ औं मगर दिवस मनाउन लागिएको छ । ३८ औं मगर दिवस सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मगर दिवसको कार्यक्रममा मगर समुदायको भेषभुषा झल्कने खालको झांकीसहितको र्याली निकालिने छ । २०३९ सालदेखि मगर समुदायले संगठित रुपमा फागुन १५ गते मगर एकता दिवसको रुपमा मनाउंदै आएका छन् । ३८ औं मगर दिवस मदिरारहित मनाइने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया