ईरानमा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु
१० फाल्गुन २०७६, शनिबार ० बिचार / प्रतिक्रिया

एजेन्सी – ईरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित ईरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ईरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । ईरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।
ईरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए ।चीनमा २२ सय भन्दा धेरै मानिसको मृत्यु हुँदा ईरानमा ५ जनाको मृत्यु भएको हो । कोरोना भाइरसका कारण चीनपछि ईरानमा सबैभन्दा बढी मानिसको मृत्यु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया