“ओशो दर्शन हो, जसले मार्गनिर्देशन गर्न सिकाउँछ, मनलाई शान्त बनाउँछ ।

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । ओशोको सिद्धान्त्तमा आधारित ‘तपोवन’ ध्यानकेन्द्र अहिले विश्वकै लोकप्रिय बन्दै गएको छ । विभिन्न व्यक्ति बिच शान्ति, मेलमिलाप, धैर्यता, पारिवारीक व्यबस्थापन तथा प्राकृतिक सौन्दर्य क्षेत्र भएकोले उक्त ध्यानकेन्द्र विश्वकै लोकप्रिय बन्न पुगेको हो । संसारकै दुर्लभ र पवित्र स्थलको रुपमा तपोबनको बिकास भईरहेको छ। ओशोको सिद्धान्त र मार्गदर्शन बोकेर संसार घुमिरहने स्वामी आनन्द अरुणले तपोबन जस्तो व्यवस्थित र पवित्र ठाउँ संसारमा अन्य कुनै ठाउँ नरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ध्यानको बारेमा यस भुमिमा आएर जो कुनैले पनि महसुस गर्न सकिन्छ । आफ्नै सम्झिएर आउँदा पनि हुन्छ। प्रकृतिले हामीलाइ साथ दिएको छ, प्रकृतिको बिचमा छौँ, यसले संसारभरि नेपाललाई चिनाइरहेको छ, र नेपालीले पनि गर्व गर्नुपर्छ । तपाईहरु आफै आएर अवलोकन गर्न सक्नुहुनेछ ।विदेशी पर्यटकहरुले यहाँ आएपछि आफ्नै ठाँउमा आएको जस्तो महसुस गर्छन् । जहाँ मानिसलाई चाहिने शुद्ध हावापानीको आभास गर्न सकिने स्वामी आनन्द अरुणले बताउनु भयो । संसारकै ध्यानीहरुको ध्यानको निम्ति उक्त स्थल ओशो तपोबनू नामले स्थापना गरिएको हो ।

ओशो तपोबन १९९० मार्चमा स्थापना भएको हो । ओशो तपोबनको समुदघाटन पुर्व प्रधानमन्त्री स्वर्गीय श्री कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो। अहिले तपोबन ध्यानकेन्द्र २९ औं वर्षमा प्रवेश गरेको छ । यस ध्यान केन्द्रको स्थापनाकाल एकदमै संघर्षपूर्ण रहेको थियो । स्थापनाकालदेखि अहिलेसम्म कम्तिमा पनि ९५ हजार व्यक्तिहरुले गुरु स्वामी आनन्द अरुणबाट सन्यास लिईसकेका छन् । करिब ४०–५० हजारको हाराहारीमा बिदेशी नागरिकहरुले पनि सन्यास लिईसकेका छन् । नेपालको प्रतिष्ठित आध्यात्मिक संस्थाको रुपमा ओशो तपोबन ध्यानकेन्द्र प्रसिद्ध हुँदै गईरहेको छ जुन तपोबनको लागि उर्जा बनेको छ ।मानिसमा भएको रिस, घृणा, दाह, ईर्ष्या, घमण्ड आदिबाट मुक्त गराउने, मानिसलाई शान्त गराएर सही मार्गमा डोर्याउने ओशोको मार्गदर्शन अनुसार ओशो तपोबन स्थापना गर्नुको मुख्य उद्देस्य रहेको छ । ध्यानले मानिसलाई मार्गदर्शन गर्छ । ध्यान गर्नैका निम्ति देश तथा बिदेशका अनेकौं ध्यानीहरु आएर महिनौ दिनसम्म बस्ने गरेका छन् । तपोबनले समाजमा भएका विभिन्न समस्या हटाएको छ । ओशो एउटा दर्शन हो । जुन दर्शनले हामीलाई पाठ सिकाएको छ । ध्यानले हामीलाई विभिन्न कुराहरु सिकाउँछ, जस्तै आनन्दित बनाउँछ, पिडा हटाउँछ, मनलाई शान्त बनाउँछ र सकारात्मक सोचको बिकास गर्दछ ।’ ओशो तपोबनमा करिब सय भन्दा बढी राष्ट्रका मानिसहरु आउने गर्दछ । आज भन्दा ४ वर्ष अगाडि नेपालमा जति पर्यटक आएका थिए, त्यसको २ प्रतिशत पर्यटकले तपोबन मात्रै भिजिट गर्न आएको नेपाल सरकारको तथ्यांकमा उल्लेख गरिएको छ । यस क्षेत्र अन्तरास्ट्रिय रुपमा परिचित भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया