आध्यात्मको गगनचुम्बी विश्वास बनाउनु पर्यो

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


स्वमी अरुण – ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु स्वामी आनन्द अरुण अहिले बेलायतको यात्रामा रहेको बेला बेलायत स्थित नेपाली राजदूताबासले एक स्वागत सम्मान कार्यक्रमको आयोजना गयो ।

बिश्वका बीश मुलुकमा आफ्नो प्रचार प्रसार पुयाएर शाखाहरु खोल्न सफल ओशोको एक क्याम्प बेलायतमा पनि रहेको छ । ओशो स्वामी बिगत छ वर्ष देखि हरेक वर्ष ओशो क्याम्प बेलायतको निमन्त्रणालाई स्वीकार गरी उपस्थित जनाउने गरेका छन् । नेपालमा हरेक जिल्लामा आफ्नो ध्यान केन्द्र खोलेका ओशो एक ब्यक्ति एक संस्था नभै आफ्नो सिद्धान्तमा अडिग छ । बुद्ध धर्मसंग मिल्दो जुल्दो प्रकारको ओशो धर्म १९७०÷८० को दशकका चर्चित धर्म गुरु रजनिशको अर्को नामका रुपमा चिनिन्छ ।

टेक्नोलजी र आध्यात्मको सामन्जस्यता नभैदिएको कारण बिश्वमा बिभिन्न समस्याहरु आइपरेको, युद्धहरु भएको र समाज अस्थिर र अस्वस्थ भएको दाबी गर्ने स्वामी आनन्द अरुण ओशो सिद्धान्त अनुसार टेक्नोलजी र आध्यात्मबादका बीच सामन्जस्यता हुनु पर्ने मान्यता राख्दछन् । टेक्नोलजी र बिज्ञानले जतीसुकै बिकाश गरे पनि मानब सभ्यतामा यदी खुसी र हाँसो छैन भने त्यसले ब्यक्ति, समाज र पुरै सभ्यतालाइ रोगी बनाइ दिन्छ र ब्यक्तिहरु दुब्र्यसन तिर लाग्दछन् ।

ओशो आफुहरु समाजलाइ दुब्र्यसनबाट बचाउने, समाजलाइ खुसी राख्ने र स्वस्थ्य राख्ने उद्धेश्यका निम्ति अघि बढेको बताउछन् । उपरोक्त उद्धेश्यहरु पुरा गर्न योग र ध्यानबाट मात्र सम्भव हुने पनि ओशोको दाबी रहेको छ । उपरोक्त प्रसंग कोट्ट्यउदै ओशो गुरु, स्वामी आनन्द अरुण भन्छन् हाम्रो मूल बिषय आध्यात्म हो र मनुष्य हरेक बन्धनबाट मुक्त होस । कुनै पनि राजनैतिक क्रान्तिले मानबीय अवस्थालाइ परिवर्तन गर्न सक्छ भन्ने मलाइ लाग्दैन किन भने हामी मानसिक दरिद्रताको गुलाम बनेका छौ ।

हामी भित्र जुन गुलामी छ यसलाइ हटाउन कुनै पनि राजनैतिक क्रान्तिले सकेन । नेपालकै कुरा गरौ भने पनि पछिल्ला बर्षहरुमा यति धेरै परिवर्तनहरु भए जसले राज्य ब्यवस्था र सम्बिधान परिवर्तन भयो होला तर मनुष्यका सुख सुबिधामा परिवर्तन भएन , मानसिक र सामाजिक अवस्थामा कुनै खास परिवर्तन भएन । अहिले सम्म भएका कुनै पनि क्रान्तिबाट समाज सुखि हुन सकेन । बरु अरु समस्या थपिएर आया, आध्यात्म बिनाको क्रान्ति असफल हुन्छ भन्ने प्रमाणित भैसकेको छ ।

चाहे हामी टेक्नोलजीका कुरा गरौं , चाहे अर्थतन्त्र वा राजनिती, जव सम्म हामीले आध्यात्मलाइ स्वीकार गर्दैनौ ती सबै अपुरा हुनेछन् ।यसै कारणले म ओशोको बिचार लिएर संसार घुमिरहेको छु । म हरेक बर्ष बिश्वका २० मुलुकहरुका प्रमुख शहरहरुमा ओशोको सिद्धान्त एवं बिचारको शन्देश लिएर पुगेको हुन्छु । त्यसै सिलसिलामा म अहिले तपाइहरुको सामु छु । यसरी घुम्ने क्रममा म बिकसित मुलुकहरुमा पुग्छु र त्यहाँको अवस्था देखेर मलाइ दुख लाग्छ । मैले देख्छु कि मुलुक जति बिकसित छ त्यहाँका जनता त्यति दुखि र निराश छन् । र त्यहाँनै बढी आत्म हत्याहरु भएको पाईन्छ ।

बिकसित मुलुकहरुमा डिप्रेशन हुनु निराश हुनु र मानशिक रोग एक महामारीको रुपमा देखा परेको छ । त्यहाँका मानिशहरुले भौतिकरुपमा सबै प्रकारका सुबिधाहरु प्राप्त गरिसकेका छन् । उनिहरुसंग गाडी छ, ठूलो घर छ, बैकमा आफूलाइ आवश्यक पर्ने पैसा छ तर उनिहरुसंग उत्साह छैन । खुसी छैन । रात्रीमा निंद लाग्दैन । कुनै चिजमा स्वाद लाग्दैन । त्यस हिसावले म भन्ने गर्छु कि हामी भाग्यशाली छौ , नेपाल भौतिक रुपमा गरीव भएकाले होला , हामी भौतिक रुपमा गरीव भएपनि आध्यात्मका निम्ति सम्पन्न र धनी छौ ।

अहिले अमेरिकामा हरेक ब्यक्तिको वा परिवारको पारिवारिक चिकित्सक छन् त्यस्तै पारिवारिक मनोबैज्ञानिक थेरापिस्टहरु पनि छन् । उनिहरुले अझ गौरवकासाथ भन्ने गर्दछन् कि मेरो भोली मनोबैज्ञानिक थेरापिस्टसंग भेट छ । लगभग दुइसय वर्ष अघि सम्म मानिशहरुको के धारणा थियो भने मानिसलाई खान, लाउन, बस्नका निम्ति सबै भौतिक सुबिधा प्राप्त भयो भने सबै दुख जान्छ । त्यो सोचाइको लगभग दुइ सताब्दी पछि पश्चिमा मुलुकहरुले ती सबै प्राप्त गरे ।

झण्डै १०० प्रतिशत जनता साक्षार भए । प्रति क्यापिटा बार्षिक आम्दानी ४० हजार का दरमा कमाउँछन् । उनिहरुले १९औं सताव्दीमा गरेको सुखको कल्पना आज उनिहरुसंग प्राप्त छ । यी सव प्राप्त भएपछि मानिस सुखि हुन्छ भन्ने थियो उनिहरुलाइ तर मानिस सुखि भएनन् । बरु अरु उदाश भए । दुखि भए । स्वामी आनन्द अरुणले प्रसंग कोट्याउद्ै जाँदा एउटा कथा भन्न पुगे कथा यसप्रकारको थियो —एकजना धनी सम्पन्न मानिसको एउटा आँखा फुटेको रहेछ , उसले फुटेको आँखालाइ अपरेशन गराएर सद्धे आँखा जस्तै सक्कली र नक्कली छुट्याउनै नसकिने नक्कली आँखा बनाउन लगाएछ ।

एकदिन एउटा माग्ने निज धनी ब्यक्तिको घरमा टुप्लुक्क आइपुगेछ र दुइ चार डलर मागेछ । त्यतिबेला घरधनीले भन्यो कि ल यदी तिमिले मेरा दुबै आँखा हेरेर नक्कली र सक्कली छुट्याउन सक्यौ भने म तिमीलाइ दुइ चारको बदला पचास डलरनै दिंउला । माग्नेले दुबै आँखा ठम्याएर हे¥यो र भन्यो, तपाइको दाहिने आँखा नक्कली हो । घरभेटीले सोध्यो, तिमीले कसरी चिन्यौ रु जवकि मेरो आँखा यहाँको सवभन्दा राम्रो डाक्टरले दुरुस्तै बनाएको हो । माग्नेले उत्तर दियो , किनकि तपाइको दाहिने आँखामा कम चिन्ता देखिन्छ । यति कम चिन्ता भएको आँखा सक्कली हुनै सक्दैन ।

म बिदेश जाँदा मान्छेहरु हाँसेको देख्दिन । एक पटक जापान गएको बेला मैले जोक गरें तर मान्छे हाँसेनन् । पछि मलाई एक मित्रले भने, तपाई जोगी भएर पनि मजाक गर्नु हुन्छ रु जापानिजहरु हाँस्दैनन् । यहाँत उनिहरु तपाइका सिरियस कुरा सुन्न आएका हुन् । यस्तै जर्मनीमा पनि मान्छे हाँस्दैनन् । एउटा रमाइलो घटना छ , एकजना अमेरिकी ठूलो ब्यापारीले वालमार्ट नामक ठूलो पसल खोल्यो । उक्त पसलको चेन जर्मनीमा पनि छ । अनि वालमार्टका साहुहरुले आफ्ना कामदारहरुलाइ ग्राहकहरुका अगाडी मुसुक्क हाँसेर बोल्न तालिम दिए ।

तालीम पाएका कामदार युवतीहरु मुसुक्क हाँसेर बोल्न सिके र ग्राहकहरुसंग पनि ती युवतीहरु मुसुक्क हाँसेर बोल्न थाले । त्यतिखेर जर्मनहरुले के सोंचे भने , यसको पछाडी केही लुकेको हुनु पर्छ त्यसैले त यो मसंग मुस्कुराइ । यस्तै सोंचमा जर्मनहरु वालमार्टमा सामान खरिद गर्न जान छोडे । जर्मनीमा वालमार्ट यसरी असफल भयो ।

हाम्रो समाज यस प्रकारले बिकशित भैरहेको छ । यो किन भयो भने हामीले टेक्नोलजी र बिज्ञानको बिकाश गयौं तर बिना स्प्रीच्युल ९आध्यात्म० । यसै कारणले बिभिन्न बेलामा बिभिन्न गुरुहरु पश्चिममा पुग्नु भयो र आध्यात्मका बिकाश गर्न कोशिष गर्नु भयो । जस्तै स्वामी बिबेकानन्द अमेरिका पुगेर बिश्वमा युद्ध रोक्न कोशिष गर्नु भयो । त्यस पछि स्वामी योगानन्द १९२० मा पुग्नु भयो ।

स्वामी बिबेकानन्द अमेरिका जानु भन्दा अघिनै बिश्व युद्ध हुने देखेर युद्ध रोक्न उहाँ त्यहाँ पुग्नु भएको थियो र उहाँले भन्नु हुन्थ्यो कि, आध्यात्म बिनाको टेक्नोलजीले युद्ध ल्याउँछ । तर कसैले सुनेन, १९१४मा पहिलो बिश्व युद्ध भयो, निकै ठूलो जन र धनको क्ष्यति भयो । त्यस पछि यदि पश्चिमी मुलुकहरुमा आध्यात्म बिकाशको आन्दोलन भएन भने अर्को युद्ध हुने छ भनेर स्वामी योगानन्दले आध्यात्म बिकाशको आन्दोलनको निकै कोशिष गर्नु भयो ।

कसैले सुनेन, दोस्रो बिश्व युद्ध पनि भयो । आध्यात्म बिनाको टेक्नोलोजीले अप्रत्यक्ष रुपमा युद्धको निमन्त्रणा गरिरहेको हुन्छ । त्यसैले बिश्वमा जसरी गगनचुम्बी घरहरु बनेका छन् त्यसरीनै आध्यात्मको पनि गगनचुम्बी बिश्वास बढाउनु जरुरी भएको छ । तव मात्र हामी सुरक्षित हुने छौ । अनि मात्र समाजमा एक प्रकारको सतह आउने छ । यो ठीक हो कि दोस्रो बिश्व युद्ध पछि कुनै अर्को बिश्व युद्ध भएको छैन तर समाजमा रिस इबि त्यत्तिकै छ मान्छेमा आक्रोश बढ्दो छ आबेग त्यत्तिकै छ ।

त्यो रिस, आबेग र आक्रोशले बिश्व युद्ध गरेको छैन तर त्यसको ठाँउ आतंकबादले लिएको छ र आतंकबादबाट बिश्व अक्रान्त छ । आतंकबाद बिरुद्ध बिजय गर्ने शक्ति भनेको आध्यत्मबाद मात्रै हो । स्वामी आनन्द अरुण अमेरिकामा आफूले समाचार पत्रमा पढेका दुइवटा समाचारको प्रसंग उठाँउछन् , पहिलो समाचार अफगानिस्थान र इराक युद्धका लागि तीन त्रिलियन डलरले नपुगेर खर्च थप गर्नु पर्ने भएकाले ६० मिलियन डलर बजेट थप गर्न अमेरिकी सिनेटले स्वीकार ग¥यो भन्ने र सोही पत्रिकाको सोही पेजको अली तलपट्टी अर्को समाचार ओरेगन राज्यमा स्कूल सन्चालन गर्न बजेट नभएकाले यो बर्ष तीन महिना थप स्कूल बिदा गरिने छ ।

शिक्षकहरुको तलव दिन एक मिलियन डलर बजेट कम भएकाले यस्तो निर्णय गर्नु परेको बताइएको थियो । यी समाचारहरुले हामी कुन बाटो हिडीरहेका छौ भन्ने प्रष्ट पार्दछ । मान्छेको मनभित्र नराम्रो गरी मर्ने इक्षा जागेर आएको छ । प्रेम नपाएर, स्ट्रेशले, निराश भएर र खुसी नपाएर । मान्छे बाँच्न चाहादैन । जव मान्छे बाँच्न चाहादैन उ बिध्वंस तिर लाग्दछ र यसको अन्त हुदैन । त्यसैले यसको अन्तको उपाए भनेको खुसी रहनु र हाँस्नु हो, त्यो आध्यात्ममा मात्र पाइन्छ । त्यो हामी संग छ । नेपालसंग छ । धनी ब्यक्तिहरुको घरमा सबैकुरा छ , जुन उनिहरुले कल्पना गरेका छन् । तर ती कसैको अनुहारमा आनन्द छैन, उल्लास छैन । सबै भौतिक साधन भएर पनि उ दुखी छ । यसैले म भन्छु हामीले कहीं कतै भूल गरिरहेका छौं ।

अर्थात केही हराइ रहेका छौ । हामीले ध्यान र आध्यात्म गुमाएका छौ । हामीले हाम्रो स्प्रिटीचुआलीटी हराएका छौ । नेपाल गरीव छ तर आध्यात्मको दृष्टिले हामी सम्पन्न छौ । बिकशित राष्ट्र धनी छन् तर आध्यात्मका दृष्टिले यी दरिद्र छन् । बिकशित राष्ट्र मानिने मुलुकका चालिस प्रतिशत जनताले आफूलाइ नास्तीक भन्दछन् । चर्चहरु खाली छन् , कोही जाँदैनन् । गएपनि हप्तामा एकदिन बुढा बुढी पुग्छन् तर अरु बाँकी दिन उनिहरु पनि खाली बस्छन् । चर्चहरुले जनतालाइ उनिहरुलाइ चाहिएको आध्यात्म अर्थात स्प्रिटीचुआलीटी दिन सकिरहेको छैन । त्यसैले अव उनिहरुले केही स्प्रिटीचुआलीटी अर्थात आध्यात्म पाइरन्छ कि भनेर पूर्व तिर हेरीरहेको अवस्था छ ।

उनिहरुले पूर्वतिरबाट केही स्प्रिटीचुआलीटी अर्थात आध्यात्मको समाधान पाइन्छकि भनेर कुरिरहेका छन् । पश्चिमा मुलुकको बिज्ञान र टेक्नोलजी अनि हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मको सम्मिलन भयो भने यो पृथ्वीलाइ स्वर्ग बनाउन सकिने छ । हामीसंग स्प्रिटीचुआलीटी अर्थात आध्यात्मको खानी छ । हाम्रा उपनिशद, योगशुत्र आदी आदी । हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्म पश्चिमा मुलुकमा एक आकर्षण भएको छ । त्यसैले हामीले हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मलाइ निर्यात गर्न सक्नु पर्छ । यदि हामीले हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मलाइ निर्यात गर्न सक्यौं भने यसले बिश्व समुदायको रक्षा गर्ने छ । हाम्रो प्रतिष्ठा बढ्ने छ र हाम्रो मुलुकमा डलर पनि भित्रिने छ । यसरी हाम्रो आध्यात्मको सहयोगले मर्न चाहेका मान्छेलाइ हँसाउन सक्छौं र नेपाललाइ बिश्व सामु एक स्प्रिटीचुआलीटी अर्थात आध्यात्मीक राजधानी बनाउन सक्छौं । ओशो तपोबन

फेसबुकबाट तपाईको प्रतिक्रिया