गुल्मी चारपाला सम्पर्क समाजको वनभोज सम्पन्न

प्रकाशित मिति:

सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढेका संघसंस्थालाई सरकारले सहयोग गर्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । गुल्मी चारपाला सम्पर्क समाज रुपन्देहीले शनिवार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पहाडी क्षेत्रबाट यहां आइ कर्म गरिरहेकाहरु एक ढिक्का भएर संस्था स्थापना गरी सबैलाई जोड्ने कार्य गरेको बताए । एक भएर काम गरेमा मात्र सफलता प्राप्त हुने भन्दै उनीहरुले यस्ता संघसंस्था जोगाउने र विकास गर्ने दायित्व सरकारको पनि रहेकोमा जोड दिए । कार्यक्रममा महिला प्रेरित खेल खेलाइएको थियो । महिलाका लागि आयोजित चम्चा दौड प्रतियोगितामा माया खत्री प्रथम र सौजन्य कार्की द्धितीय भए । त्यस्तै हण्डीफोर प्रतियोगितामा नवराज थापा पुरस्कृत भए । उनीहरुलाई संस्थाका सल्लाहकार डिबी खत्रीले नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा सल्लाहकारहरु हेमलाल शर्मा भुषाल, सावित्रा टण्डन, झविन्द्र कार्की, लक्ष्मण अर्याल, घनश्याम अर्याल, गोविन्द प्रसाद अर्याल लगायतको उपस्थिती रहेको थियो । समाजका अध्यक्ष होमनाथ ज्ञवालीको अध्यक्ष्रातामा सम्पन्न कार्यक्रममा कलाकारहरु नारायण विपी परियार, लालमाया थापा लगायतले मनोरन्जन गराएका थिए । कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष्रुा उषा खत्रीको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव विकास टण्डनले गरेका थिए ।