इन्टेलेक्ट इजुकेशनलको आयोजनामा टिन लिडर कार्यक्रम हुने

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


इन्टेलेक्ट एजुकेशनल इन्स्टिच्युसन बुटवलको आयोजनामा प्रदेश स्तरीय टिन लिडर कार्यक्रम हुने भएको छ । प्रदेश न ५ का १६ देखि १९ वर्ष भित्रका युवालाई समाजसेवामा जोड्नका लागि कार्यक्रम गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही फागुन १२ गतेबाट तिलोत्तमा योगिकुटी स्थित सगुन रिसोर्टमा पहिलो अडिशन हुने इन्स्टिचयुसनका संचालक दिपक रोकाले बताए । बिहान ९ बजेदेखि सुरु हुने अडिसन सांझ ४ बजेसम्म चल्नेछ । टिन लिडरमा सहभागि हुनका लागि युवाहरु प्रदेश ५ मै अध्ययन गरेको हुनुपर्ने प्रावधान रहेको निर्देशक मदनप्रसाद पन्थीले बताए । पहिलो अडिशनबाट १० जना छनोट गरी रिसोर्टमै हुने ४ दिने तालिममा सहभागि गराई १७ गते फाइनल कार्यक्रम गरिने तालिम संयोजक राजु अर्यालले जनाए । उक्त कार्यक्र प्रतियोगितात्मक कार्यक्रम भएकाले प्रतिष्पर्धीले तालिममा सिकेका कुरालाई श्रब्यदृश्यको माध्यमबाट र अनुसन्धानको पाटोबाट प्रस्तुत गर्नुपर्ने छ । यसरी प्रतिष्पर्धा गरी प्रथम हुनेले नगद ५१ ह्जार रुपैयां सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीयका लागि १५ हजार पुरस्कार रहेको छ भने तृतीयले १० हजार रुपैयां पाउने आयोजकले बताए ।
प्रतियोगिता गर्नका लागि तिलोत्तमा इन्स्टिच्युटले मुख्य प्रायोजन गरेको छ । प्रतिष्पर्धीलाई भने निशुल्क सहभागिता गराइने रोकाले बताए । यस कार्यक्रमको फाइनल प्रतिष्पर्धा बुद्ध सामुदायिक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने पनि उनल ेजानकारी दिए । इन्स्टिच्युसनको कर्पोरेट कार्यालय काठ्माण्डौमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?