३८ औं मगर दिवसमा विभिन्न कार्यक्रम

प्रकाशित मिति:

बुटवल –  नेपाल मगर संघ बुटवल रुपन्देहीले ३८ औं मगर दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मगर संघ बुटवलले दिवसको अवसर पारी शनिवार रक्तदान गरेको हो । रक्तदानमा ६० युनिट रगत संकलन भएको अध्यक्ष थर्कबहादुर बारघरे मगरले बताए । सामाजिक कार्यमा पनि संलग्न भइरहेका छौं, उनले भने, रगत दान जिवन दान भएको कुरा आत्मसाथ गरेर कार्यक्रम गरेका हौं ।
मगर समुदायको संस्कार र संस्कृतिलाई जर्गेनका लागि सबै मगरलाई एकीकृत गर्नेगरी मगर दिवस मनाउन लागिएको मगरले बताए । यसअघि दिवसकै अवसरमा शुक्रबार बुटवलमा मगरको आर्थिक र शिक्षाको अवस्थाबारे अन्तरक्रिया गरिएको थियो । अध्यक्ष थर्कबहादुरका अनुसार ११ गते भोजनदान र १५ गते मूल समारोहको आयोजना गरी एकीकृत ३८ औं मगर दिवस मनाउन लागिएको छ । ३८ औं मगर दिवस सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मगर दिवसको कार्यक्रममा मगर समुदायको भेषभुषा झल्कने खालको झांकीसहितको र्याली निकालिने छ । ०३९ सालदेखि मगर समुदायले संगठित रुपमा फागुन १५ गते मगर एकता दिवसको रुपमा मनाउंदै आएका छन् । ३८ औं मगर दिवस मदिरारहित मनाइने मगरले बताए ।