जिमीरेभार महोत्सव शनिबार एक कार्यक्रमका बीच समापन गरियो

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – धार्मिक क्षेत्र त्रिनेत्रश्वर धाम तथा जिमिरेभार बजारको ब्यापारीक क्षेत्र प्रर्बद्धन गर्ने उद्दश्यले जिमीरेभार महोत्सव जाउं नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने मुल नारा सहित विहीबार देखि सुरु भएको तिन दिवसीय जिमीरेभार महोत्सव २०७६ पश्चिम नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नं ७, १ र ६ कार्यलयको संयुक्त आयोजना एवं नगरभित्रका बिभिन्न संघ संस्थाहरुको सहआयोजनामा सो महोत्सव सुरु भएको थियो । बर्दघाट वडा नं ७ का वडा अध्यक्ष ध्रुब थारुको अध्यक्षता तथा समाजसेवी विष्नु पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महोत्वमा बोल्दै प्रमुख अतिथि पाण्डेले यस्ता खालका मेला महोत्सवले समाजलाई सकारात्मक सन्देश दिएको र समाजिक विभेदको अन्त्य गर्न यस महोत्सवले सहयोग पुगेको बताउदै सबै महोत्सव सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण जनसमुदायहरुमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । साथै उहाँले त्रिनेत्र धामलाई धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न को लागी यो महोत्सवले महत्वपुर्ण भुमिका खेलेको पनि बताउनुभयो ।सो अवसरमा आयोजक कमिटिका समपुर्ण पदाधिकारीहरु, स्थानिय समाजुसेवी,

बुद्धिजिवी, जेष्ठ नागरिक, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लागएतको उपस्थिती रहेको कार्यक्रममा त्रिनेत्र चिन्तन केन्द्रका केन्द्रिय सदस्य केवल पौडेल, शाहित्य प्रेमी उत्तमध्वज केसी लगाएतले मन्तब्य राख्नुभएको थियो । महोत्सवमा शनिबारको मुख्य आर्कषणको रुपमा रहेको थारु भाषाकी राष्ट्रिय गायिका अनु चौधरीले थारु तथा नेपाली भाषाका गित संगितबाट दर्शकलाई नचाउनुभएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुको समुहले समेत आ आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवको अवधिभरिमा विभिन्न झाकीं प्रद्धशर्नि, विभिन्न जात जातीको खानाका परीकार लगाएत निशुल्क योग शिविर समेत सम्पन्न गरिएको कार्यक्रमको सञ्चालन धामका महासचिव बसन्त रेग्मीले गर्नुभएको थियो । महोत्सवलाई लक्ष्ति गर्दै सुरु भएको पुरुष भलिबल प्रतियोगिता पनि शनिबर समापन भएको छ । जसअन्र्तगत एम स्टार बर्दघाट वडा नम्बर १ माकर प्रथम, ब्रह्म बाबा युवा क्लब बर्दघाट १२ चौपत्ता र चिसापनी वडा नम्बर २ तृतिय भएका छन । विजेता टिमलाई जनही २० हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो । प्रतियोगीतामा २२ वटा टिमको सहभागिता रहेको पप्पु रेग्मीले जानकारी दिनुभएको छ । महोत्सवको अफिसीयल मिडिया सामुदायीक रेडियो दाउन्नेले महोत्सवलाई प्रत्येक दिन जस्तै शनिबार समापनमा पनि प्रत्यक्ष प्रसारण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने