सोमानीको नयाँ शोरुम कालिकानगरमा शुभारम्भ

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल – सोमानी सेरामिक्सको बुटवलमा नया सोरुम उद्घाटन गरिएको छ । घर सजावटमा उपयोगी टायलका विभिन्न परिकार विश्व बजारमा ल्याएको सोमानीको नया सोरुम बुटवलका कालिकानगरमा शुभारम्भ गरिएको हो । सिद्धार्थ ओभरसिजले सोरुममार्फत उत्पादन बजारमा भित्राएको हो। ओभरसिजका संचालक विकास अग्रवालले बढ्दो शहरीकरण भरहेको रुपन्देही लक्षित गरि घर निर्माणका सबै आईटमहरु सोरुममा उपलब्ध रहेको बताए । सोरुमको उद्घाटन गर्दै कम्पनीका भाईस प्रेसिडेन्ट सुजित कुमार मोहन्ती बजारको माग र उपभोक्ताहरुको चाहनालाई मध्ये नजर गरि विश्वबजारमा घर सजावटलाई आवश्यक पर्ने सामग्रीहरु ल्याउने गरेको बताए ।

हरेक चार महिनामा नया नया उत्पादन बजारमा टायलका परिकार आउने गरेको उनले बताए । कम्पनीका एसोसियट जोनल म्यानेजर प्रदिप कुमार झाले नेपालका मुख्य शहरहरुमा आर्कषक सोरुम मार्फत उपभोक्ताहरुलाई सेवा दिदै आएको बताए । कम्पनीका धेरै प्रोडक्ट र धेरै रेन्जका टायलहरु उपभोक्ता छानेर प्रयोग गर्न पाएको उनले बताए । कम्पनीले बजारको माग हेरी टायल, बाथवेयर, एडेसिका आईटमहरु उत्पादन गर्दै आएको उनले बताए । प्रदेश ५ का रुपन्देहीमा ४, दाङमा १, नेपालगन्जमा १ गरि ६ वटा शोरुमहरु छन भने नेपालअधिराज्यमा ३५ वटा सोरुमहरु छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया