महिला जेसीजले गर्यो सिद्धबाबा मन्दिर परिसरमा सरसफाई

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


विष्णु घिमिरे / बुटवल – महिला जेसीजले सिद्धबाबा मन्दिर परिसरमा सरसफाई गरेको छ । धार्मिक संस्थाहरुलाई सफा राख्न र मन्दिर परिसर वरिपरी रहेका फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यले सरसफाई अभियान संचालन गरिएको अध्यक्ष कल्पना पाण्डे कुसुमले बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य कल्पना पाण्डे लम्सालले महिलाहरुले सामाजिक संस्था बनाएर साामजिक काममा निरन्तरता लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

महिलालाई घरबाट बाहिर निस्कन नसक्ने र घरको काममा लागिरहनुपर्ने अबस्थालाई चिर्दै अगाडि बढेकोमा नेतृत्वलाई सम्मान गर्दै उहांले क्षमता विकास बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा सिद्धवावा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृण्ण तिमलिसिना, ज्योतिकुमार थापालगायतलले मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष रुपा श्रेष्ठको स्वागत महासचिव अनुपमा श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया