गुल्मीका मृतक मोहन प्रसाद चुँदालीको परिवारले दिए किटानी जाहेरी

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


शुक्रबार बिहान मृत भेटिएका गुल्मी दरबार गाउँपालिका-४ वीरबासका ३२ वर्षीय मोहन प्रसाद चुँदालीको परिवारले प्रहरीमा शनिबार किटानी जाहेरी दिएका छ्न् । गत बिहीबार राति स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका उनी भोलिपल्ट मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ ।आरोपित कँडेलसँग लामो समयदेखि बोलचाल नभएका चुँदाल शुक्रबार बिहान मृत भेटिएका थिए । किटानी जाहेरी दिएपछि मोहनकी भाउजु मिनाले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् ।

उनले दोषीलाई उन्मुक्ति र पीडितलाई अन्याय प्रहरीबाट नहुने आशा लिएको बताइन् ।प्रहरीले अनुसन्धानका लागि कँडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पीडित परिवारको तर्फबाट जाहेरी परेकाले थप अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले बताए । मृतक मोहनको शव दुई दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।नयाँ पत्रिका 

फेसबुकबाट तपाईको प्रतिक्रिया